पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?
काठमाडाैं | कात्तिक २७, २०८१
काठमाडौँ: उच्च अदालतको फैसलालाई सर्वाेच्चले सदरगरेसँगै पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ) कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी जनाएको छ ।
आज काठमाडौंबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
त्यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार लगिएको हो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सोही मुद्दालाई कात्तिक २० गते सर्वोच्च अदालतले फैसला मिलेको भन्दै सदर गरेको थियो ।
५ वर्ष कैदको फैसला भएको मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...


